दोस्रो खेलबाट कोलकत्ताको पहिलो जित, राजस्थान फेरि पराजित

हिमाल प्रेस १४ चैत २०८१ ७:११
8
SHARES
दोस्रो खेलबाट कोलकत्ताको पहिलो जित, राजस्थान फेरि पराजित

काठमाडौँ- कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा टोलीले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो।

टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा कोलकत्ताले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर जित निकाल्यो।

दोस्रो खेलमा कोलकत्ताले दुई अंक जोडेको छ। उद्घाटन खेलमा कोलकत्ता रोयल च्यालेन्जर्स बैंगलुरुसँग ७ विकेटले पराजित भएको थियो। राजस्थानको यो लगातार दोस्रो हार हो । यसअघि टोली संनराइजर्स हैदरावादसँग ४४ रनले हारेको थियो ।

गुवाहाटीमा भएको आईपीएलको छैटौँ खेल कोलकत्तालाई जित दिलाउन क्विन्टन डि ककले अविजित ९७ रन बनाए । दक्षिण अफ्रिकाका ओपनरले ६१ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गरेका थिए।

यसअघि ब्याटिङ गरेको राजस्थानको लागि ध्रुव जुरेलले सर्वाधिक मात्र ३३ रन बनाएका थिए। यसश्वी जैसवालले २९ रनको योगदान गरेका हुन् । बलिङतर्फ कोलकत्ताका हर्षित राना, बरुन चक्रवर्ती, मोयन अली र बैभव अरोराले समान दुई विकेट हात पारेका थिए ।

प्रकाशित: १४ चैत २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast