
मुस्ताङ- हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१/८२ को ९ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्योट भएको छ।
गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका कुल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालत मुस्ताङबाट फर्छ्योट भएको हो।
मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान देवानी मुद्दा मुस्ताङ अदालतबाट फर्छ्योट भएको हो।
यस्तै गत वर्ष र चालु वर्षका कुल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा अदालतबाट फर्छ्योट भइसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिए। रासस
प्रकाशित: १३ चैत २०८१ १८:२१
प्रतिक्रिया