बर्खास्त भएपछि कुलमान पुगे सर्वोच्च अदालत

हिमाल प्रेस १३ चैत २०८१ १८:०३
30
SHARES
बर्खास्त भएपछि कुलमान पुगे सर्वोच्च अदालत

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

बुधबार घिसिङको तर्फबाट वरिष्ठ अधिवक्ता लोकमणि पोखरेल सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिट दर्ता प्रक्रिया बाँकी छ।

‘रिट आएको छ,दर्ता भइसकेको छैन,’ कुईंकेलले भने। घिसिङले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणलाई विपक्षी बनाएका छन्।

सरकारले सोमबार घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रकाशित: १३ चैत २०८१ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast