कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय कुरा हो : बर्तौला

हिमाल प्रेस १३ चैत २०८१ १७:४२
16
SHARES
कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय कुरा हो : बर्तौला नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका हुन्।

विपक्षी दलले नियोजित रुपमा संसदलाई अवरोध सिर्जना गरेको उनको आरोप छ। बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ती वा कारवाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको बताए।

उनले यस बिषयमा सरकारका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्ने धारणा राखे।

उनले कानूनबमोजिम भएका कुरालाई आन्दोलनको विषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुल्ला रहेको बताए।

प्रकाशित: १३ चैत २०८१ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast