प्रधानमन्त्री कप क्रिकेट : एपीएफसँग कोशी पराजित

हिमाल प्रेस १३ चैत २०८१ १७:२७
8
SHARES
प्रधानमन्त्री कप क्रिकेट : एपीएफसँग कोशी पराजित तस्बिर : क्यान

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले कोशी प्रदेशलाई पराजित गरेको छ।

बुधबार रुपन्देहीको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २ विकेटले पराजित गरेको हो। यससँगै एपीएफले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। २ सय ५५ रनको लक्ष्य एपीएफले ४४ दशमल ४ ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो।

एपीएफका लागि लोकेश बमले सर्वाधिक ८४ रन बनाए। कप्तान रोहित पौडेलले ६१ रन बनाए। त्यसअघि पहिले व्याटिङ गरेको कोशीले ५० ओभर खेल्दै २ सय ५४ रन बनाएको थियो। कोशीका लागि शाकिव हकले सर्वाधिक ६८ रन बनाएका थिए।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का भएको छ।

प्रकाशित: १३ चैत २०८१ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast