
काठमाडौँ– कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन भएको छ।
बुधबार युवाहरुको एक समूहले रत्नपार्कस्थित प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले कुलमानलाई पुनः प्राधिकरणमा ल्याउनुपर्ने माग राख्दै नारावाजी गरेका थिए। प्राधिकरणअगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरी बल प्रयोग गरेर प्रदर्शनकारीलाई हटाएको थियो।
स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। कुलमानलाई हटाउने निर्णयको सदन र सडकबाट विरोध भइरहेको छ।
प्रकाशित: १३ चैत २०८१ १५:१५
प्रतिक्रिया