चार दिनको गिरावटपछि सुनचाँदीको मूल्य फेरि उकालो

हिमाल प्रेस १३ चैत २०८१ ११:३६
6
SHARES
चार दिनको गिरावटपछि सुनचाँदीको मूल्य फेरि उकालो

काठमाडौँ- गत चार दिन लगातार घटेको सुनको मूल्य आज बढेको छ। चाँदीको मूल्य पनि आज महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर १,७३,५०० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य १,७३,३०० रुपैयाँ थियो। हिजो २०० रुपैयाँ घटेको सुनको मूल्य आज २०० रुपैयाँले बढेको हो।

गएको सोमबार सुनको मूल्य ६०० रुपैयाँ घटेर १,७३,५०० रुपैयाँमा झरेको थियो। यही चैत ६ गते सुनको मूल्य १,७६,००० रुपैयाँ पुगेको थियो जुन आजसम्मकै सबैभन्दा बढी थियो। महासंघका अनुसार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १,९९० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्छ वा घट्छ भने त्यसको प्रभाव नेपालमा पनि पर्छ। नेपाल सरकारले लागू गरेको भन्सार दर र आयात शुल्कले सुनको मूल्यमा सिधा असर पार्दछ। भन्सार दर घट्दा सुनको मूल्य घट्न सक्छ। बढ्दा मूल्य बढ्न सक्छ।

नेपालको रुपैयाँको उतारचढाव र विनिमय दरले पनि सुनको मूल्यमा प्रभाव पार्छ।विशेषगरी, नेपालमा विवाह तथा पर्वका मौसममा सुनको माग उच्च हुन्छ जसले मूल्यमा वृद्धि गर्न सक्छ। अर्कोतर्फ आपूर्तिमा कमी आएमा मूल्य बढ्न सक्छ।

देशको आर्थिक स्थिरता र राजनीतिक परिस्थितिहरूले पनि सुनको मूल्यमा असर गर्न सक्छ।

प्रकाशित: १३ चैत २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast