शतकबाट चुके श्रेयस, जितबाट गुजरात

हिमाल प्रेस १३ चैत २०८१ ६:५९
12
SHARES
शतकबाट चुके श्रेयस, जितबाट गुजरात

काठमाडौँ- पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ।श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ। २४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २३२ रन बनाउन सक्यो।

टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे।

१४ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाएर गिल पहिलो विकेटका रूपमा आउट भए। सुदर्शन र तेस्रो नम्बरमा ब्याटिङ गरेका जोस बटलरले अर्धशतक बनाए।

उनीहरूले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे। सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए । बटलरले ३३ बलमा ४ चौका र २ छक्का साथ ५४ रन जोडे।

त्यपछि ब्याटिङमा‌ आएका सेर्फाने रुथरफोर्ड २८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो ।

पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले सर्वाधिक ९७ रन जोडे। उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे। आईपीएल इतिहासको आफ्नो पहिलो शतकबाट श्रेयस ३ रन टाढा चुके।

पाँचौ विकेटका लागि श्रेयसले शंशाक सिंहसँग मिलेर नट आउट ८१ रनको साझेदारी गरे। शंशाक १६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे। मार्कस स्टोइनेस १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रनमा आउट भए।

यसै खेलमा आइपिएल डेब्यु गरेका पञ्जाबका ओपनर प्रियान्स आर्य २३ बलमा ७ चौका र २ छक्काको सहयोगमा ४७ रनमा आउट भए। ग्लेन म्याक्सवेल पहिलो बलमा नै आउट हुँदा अजमतुल्लाह उमरजाइले १६ रन जोडे।

गुजरातका लागि साइ किशोरले ३ ,राशिद खान र काशिसो रबडाले समान १ विकेट लिए।

प्रकाशित: १३ चैत २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast