
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा छ।युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा छ।
आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा छ।अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा छ।
कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ छ। आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७६ पैसा छ।