
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन्।
आज (मंगलबार) मन्त्रालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ। भेटमा मन्त्री दाहालले राजदूत तोरुलाई नेपालको राजदूतको कार्यभार सम्हालेकोमा बधाई ज्ञापन गरेका थिए।
सो अवसरमा दुवै मुलुकबाट विगतमा भएका उच्चस्तरका भ्रमणहरूको स्मरण गरिनुका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो।
प्रकाशित: १२ चैत २०८१ १८:४४
प्रतिक्रिया