इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा

हिमाल प्रेस १२ चैत २०८१ १६:४२
66
SHARES
इन्स्पेक्टर महत मृत्यु प्रकरणमा प्रेमीसहित दुई जना थुनामा

पोखरा- पोखरामा सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा कास्की जिल्ला अदालतले दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महतको शव गत १० फागुनमा पोखरा-१४ स्थित लामापाटनको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा महिला शौचालय नजिक झुण्डिएको अवस्थामा फेला परेको थियो।

महतका परिवारका अनुसार उनी र सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीबीच प्रेम सम्बन्ध रहेको थियो जसको कारण महतको मृत्यु दुरुत्साहनको परिणाम हो भन्ने आरोप लगाइएको छ। यसै आधारमा महत परिवारले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेपछि विवेक जोशी र हबल्दार रेशमबहादुर शाहीलाई पक्राउ गरिएको थियो।

कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार विवेक जोशी र रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन्। यसअघि कास्की प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अन्तर्गत अभियोग लगाएर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले ९ चैतमा अदालतमा अभियोगपत्र दायर गरेको थियो।

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अन्तर्गत आत्महत्या दुरुत्साहनको मुद्दामा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनु वा त्यसको वातावरण सिर्जना गर्नु अपराध मानिन्छ। आत्महत्या दुरुत्साहनको सजाय ५ वर्षसम्मको कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुन सक्छ।

सशस्त्र प्रहरी बलकी निरीक्षक सन्तोषी महत २०७२ सालमा सिपाही पदमा भर्ती भएकी थिइन् र २०७८ सालमा असई र २०२२ मा निरीक्षक बनेकी थिइन्। घटनाको छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वार्टरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

प्रकाशित: १२ चैत २०८१ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast