
काठमाडौँ- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई मधेश प्रदेशले १०२ रनको सामान्य लक्ष्य प्रदान गरेको छ।
एक्स्ट्रा टेक रंगशालामा टस हारेर बलिङ गरेको सुदूरपश्चिमका लागि शेर र हेमन्तले ४-४ विकेट लिएर सुदूरपश्चिमको ब्याटिङ लाइन तहसनहस बनाएका थिए। शेरले ५ दशमलव ३ ओभरमा एक मेडनसहित ११ रन खर्चिएर मात्र रन दिएका थिए।
शेरले १० ओभरमा ६ मेडनसहित ५ रन खर्चिएर ४ विकेट लिएका थिए। विकास अग्रीले एक विकेट झारे। मधेशले पावर प्लेमै ५ विकेट गुमाएको थियो। मधेशका लागि प्रदीप पासवानले बनाएको २३ रन नै सर्वाधिक बन्यो।
पवन सराफले १९ रन बनाउँदा रुपेश सिंह र दिपेश दासले समान १२-१२ रनमा आउट भएका थिए। खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुनेछ।
प्रकाशित: १२ चैत २०८१ १२:३२
प्रतिक्रिया