
चितवन- मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलोमा कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो। दुर्घटनामा परी ट्रक चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै असुन्द्रकुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो। टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो।
प्रकाशित: १२ चैत २०८१ ११:०८
प्रतिक्रिया