
काठमाडौँ- नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो इलेक्ट्रिक पिकअप रिडारा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
सीजी मोटर्सले सोमबार ललितपुरको हात्तिवनमा एक कार्यक्रमका बीच पिकअप–रिडारा सार्वजनिक गरेको हो। रिडारा नेपालको दिगो तथा विद्युतीय यातायातको दिशामा ऐतिहासिक कदम हुने सीजी मोटर्सले विश्वास लिएको छ।
अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यकक्षमताका साथ डिजाइन गरिएको रिडाराले ईभी पिकअप क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने वितरकको भनाइ छ। यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाटहावर क्षमताको ब्याट्री रहेको छ।
नेपालका विविध भूगोल र सडकलाई मध्यनजर गरी तयार पारिएको रिडारामा सात फरक–फरक ड्राइभिङ मोड उपलब्ध रहेका छन्। पिकअपमा उपलब्ध विभिन्न ड्राइभिङ मोडहरू सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्ने वितरक सीजी मोटर्सले जनाएको छ। पिकअपमा जडान गरिएको ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणालीले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउने बताइएको छ।
सार्वजनीकरण कार्यक्रममा पिकअप–रिडाराले विशेष फोर व्हील ड्राइभ र एडभेन्चर ड्राइभको आयोजना गरेको थियो।