संक्रमणकालीन न्यायबारे छलफलमा जुटे ओली, देउवा र प्रचण्ड

हिमाल प्रेस ११ चैत २०८१ १७:०५
26
SHARES
संक्रमणकालीन न्यायबारे छलफलमा जुटे ओली, देउवा र प्रचण्ड सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत। तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय

काठमाडौँ- संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउने विषयमा प्रमुख तीन दलका नेताहरू छलफलमा जुटेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षबीच सोमबार अपराह्न बैठक बसेको हो।

बैठकमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट नेताहरू शक्तिबहादुर बस्नेत र खिमलाल देवकोटा, एमाले नेता एवम्  प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकार अग्नि खरेललगायत सहभागी छन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति नहुँदा शान्ति प्रक्रियाका बाँकी काम पूरा पूरा हुन सकेका छैनन्। तिनै पदाधिकारी नियुक्तिका विषयमा नेताहरू छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री ओलीले गत साता माओवादी अध्यक्ष प्रचण्डसँग सम्पर्क हुनेबित्तिकै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढ्ने बताएका थिए।

प्रतिनिधिसभामा बिहीबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा ओलीले नेपालमा द्वन्द्वकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय प्राप्त गरुन् भन्ने कुरामा सरकार संवेदनशील र गम्भीर रहेको बताएका थिए। यस विषयमा छलफल गर्न प्रचण्डसँग पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्भव नभएको ओलीको भनाइ थियो।

प्रकाशित: ११ चैत २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast