जनमत पार्टीले बोलायो राष्ट्रिय परिषद् भेला

हिमाल प्रेस ११ चैत २०८१ १६:२०
12
SHARES
जनमत पार्टीले बोलायो राष्ट्रिय परिषद् भेला

काठमाडौँ- जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ। नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणको अन्तिम तयारीमा रहेको जनमत पार्टीले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको हो।

केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार जनमतले राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको हो।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले शुक्रबार बिहान ९ बजे बस्ने गरी राष्ट्रिय परिषद् समितिको बैठक बोलाइएको जानकारी दिए।

प्रवक्ता यादवले बैठकमा मुख्य रूपले नागरिक उन्मुक्ति पार्टीसँग हुन लागेको एकीकरण र पार्टीको संगठनात्मक विषयमा छलफल हुने जानकारी दिए।

जनमत पार्टीको राष्ट्रिय परिषद् समितिमा ६५ जना सदस्य छन्।

पार्टी एकीकरणका लागि अन्तिम तयारी गरिरहेको जनमत र नागरिक उन्मुक्ति पार्टीले बनाएको कार्यदलको पहिलो बैठक आइतबार बसेको छ। बैठक सकारात्मक दिशामा अगाडि बढेको नेताहरूले बताएका छन्। शीर्ष पदहरूका लागि सहमतिनजिक पुगिसकेका दुवै दलले चाँडै एकीकरणको घोषणा हुने बताएका छन्।

प्रकाशित: ११ चैत २०८१ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast