गण्डकीलाई मधेशको २४७ रनको लक्ष्य

हिमाल प्रेस ११ चैत २०८१ १२:२८
6
SHARES
गण्डकीलाई मधेशको २४७ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई गण्डकी प्रदेशले २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित ५० ओभरमा मधेशले ७ विकेट गुमाएर २४६ रन बनायो। मधेशका लागि ओपनर रोशन विकले ६४ र हरिशंकर साहले ५१ रनको अर्धशतकीय पारी खेले। सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेशका लागि पवन सराफले ३३, सुन्नी साहले १५ र विशाल पटेलले १२ रन बनाए।

अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्। गण्डकीका लागि कमल परियार र विपिन खत्रीले समान २-२ विकेट लिँदा सन्दीप पराजुली र अमृत गुरुङले १-१ विकेट झारे। खेलको दोस्रो इनिङ्स केहीबेरमा सुरु हुनेछ।

प्रकाशित: ११ चैत २०८१ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast