
काठमाडौँ- रिजन ढकाल र सूर्य तामाङको घातक बलिङले जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली ५८ रनमा समेटिएको छ।
बागमतीका लागि रिजनले ८ दशमलव १ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ५ विकेट लिँदा स्पिनर सूर्यले २ मेडनसहित ७ ओभर बलिङ गर्दा १७ रन खर्चिएर ४ विकेट लिएका थिए।
बागमतीका अन्य बलरले विकेट लिन सकेनन्।
दाङको देउखुरीमा टस जितेर ब्याटिङ रोजेको कर्णाली १९ दशमलव १ ओभरमा अलआउट भएको थियो। कर्णालीका कुनै ब्याटरले उत्कृष्ट गर्न सकेनन्। सुनिल धमलाले १५ बनाएको स्कोर नै सर्वाधिक र दोहोरो अंकको स्कोर हो।
प्रकाशित: ११ चैत २०८१ ११:०४
प्रतिक्रिया