लक्ष्मी ल्यूब आयलको रिटेलर मिट सम्पन्न, ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता

हिमाल प्रेस ११ चैत २०८१ १०:३८
12
SHARES
लक्ष्मी ल्यूब आयलको रिटेलर मिट सम्पन्न, ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता

काठमाडौँ- टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिले आफ्नो रिटेलर मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम टोटल इनर्जिज इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक (निर्यात) पर्बिन कुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, निर्देशकहरू अनुकूल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुबोध थापाले पनि उपस्थिति जनाएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य टोटल इनर्जिज ब्रान्डको नेपालमा विकासका लागि नयाँ योजनाहरू, रणनीतिहरू र प्रगतिको बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरूको बीचको सम्बन्धलाई सुदृढ बनाउनु थियो। कम्पनीको अनुसार २०० भन्दा बढी डिलर र रिटेलरहरू सहभागी भएको यस कार्यक्रमलाई लक्ष्मी ल्यूब आयलले आफ्नो सबैभन्दा ठूलो डिलर कार्यक्रमको रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाली लुब्रिकेन्ट बजारमा चुनौती र अवसर दुबै रहेको बताएका छन्। व्यवसायको सफलतामा डिलर र रिटेलरहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राख्दै उनले टोटल इनर्जिजसँगको सहकार्यलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

टोटल इनर्जिज मार्केटिङ इण्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी दिए। उनले कम्पनीको नवीनता, गुणस्तर र पर्यावरणीय उत्तरदायित्व प्रतिको अटल प्रतिबद्धता र ग्राहकलाई अत्याधुनिक प्रविधि र दिगो उत्पादनका माध्यमबाट उत्कृष्ट सेवा पुर्‍याउने बताए।

पर्बिन कुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिविधिहरू, नेपालमा बजार विस्तारका योजना र रणनीतिहरूको बारेमा प्रस्तुति दिएका थिए। उनीहरूले टोटल इनर्जिज लुब्रिकेन्ट्सको वृद्धिमा डिलरहरूको साथ र समर्थनको महत्त्वलाई जोड दिएका थिए।

कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरूको सम्मान गरिएको थियो। काठमाडौँको जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्सलाई गत वर्षको उत्कृष्ट डिलरको अवार्ड प्रदान गरिएको थियो भने चन्द्रागिरी अटो क्लिनिकले उत्कृष्ट रिटेलर र किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओइएम/फ्लिट अवार्ड जितेका थिए। उनीहरूलाई प्रमुख अतिथीसहित लक्ष्मी ग्रुपका अध्यक्ष लगायतले अवार्ड हस्तान्तरण गरे।

कार्यक्रममा सहभागी सम्पूर्ण डिलर र रिटेलरहरुलाई  ब्रान्डको प्रवर्द्धन गर्न निरन्तर गरेको योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो। यस कार्यक्रममा उनीहरूले लक्ष्मी ल्यूब आयलसँगको सहकार्यका अनुभवहरू साझा गर्दै कम्पनीको समर्थन, समयमै आपूर्ति र उत्पादनको गुणस्तरप्रति आफ्नो प्रतिबद्धता प्रकट गरे।

यस च्यानल मिट कार्यक्रमले लक्ष्मी ल्यूब आयलको विश्वसनीय वितरकको भूमिकालाई सुदृढ गर्दै नेपालमा टोटल इनर्जिज लुब्रिकेन्ट्सको वृद्धिका लागि ठोस आधार तयार गरेको कम्पनीको भनाइ छ।

प्रकाशित: ११ चैत २०८१ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast