
काठमाडौँ- शीर्ष राजनीतिक दलका ३ मुख्य नेता आज (सोमबार) भेटघाट हुने तय भएको छ।
आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ।
सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच आज सिंहदरबारमा भेटवार्ता हुने तय गरिएको हो। तीन शीर्ष नेताबीच अपराह्न ४ बजे भेट्ने हुने प्रचण्डको सचिवालयले जनाएको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तका लािग बैठक बस्दैछ।
प्रकाशित: ११ चैत २०८१ ९:३४
प्रतिक्रिया