प्रधानमन्त्री कपमा आज ३ खेल हुँदै, रोहितविरुद्ध देव प्रतिस्पर्धामा

हिमाल प्रेस ११ चैत २०८१ ८:३०
10
SHARES
प्रधानमन्त्री कपमा आज ३ खेल हुँदै, रोहितविरुद्ध देव प्रतिस्पर्धामा

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष एक दिवसीय प्रतियोगितामा आज (सोमबार) ३ खेल हुँदैछन्। आज गण्डकी र मधेश, एपीएफ र लुम्बिनी तथा बागमती र कोशीबीच खेल हुनेछ।

गण्डकी र मधेशबीचको खेल सिद्धार्थ रंगशालामा हुँदैछ। एपीएफ र लुम्बिनीबीचको खेल एक्स्ट्रा टेक ओभल दाङमा हुँदैछ भने बागमती र कर्णालीबीचको खेल देउखुरी रंगशालामा हुँदैछ।

यी ३ खेल ९ बजे सुरु हुनेछ। आजको खेलबाट प्ले अफ र शीर्ष २ मा पुग्ने लगभग टुंगो लाग्नेछ। प्रतियोगिताका शीर्ष २ टोली फाइनलमा पुग्नेछन्। हालसम्म नेपाल पुलिस क्लव अपराजित रहँदै शीर्षमा छ।

शीर्ष स्थानका दुई टोलीबीच फाइनल खेल आगामी शनिबार हुनेछ।

प्रकाशित: ११ चैत २०८१ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast