स्ववियु चुनावकै बेला पक्राउ परे विद्यार्थी नेता

हिमाल प्रेस ११ चैत २०८१ ७:३८
32
SHARES
स्ववियु चुनावकै बेला पक्राउ परे विद्यार्थी नेता

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव चलिरहेकै बेला विद्यार्थी नेता पक्राउ परेका छन्।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक दोषीलाई प्रहरीले पक्राउ गरेको छ । उपप्राध्यापक चलाउनेलाई आक्रमण गरेकामा २ वर्ष कैद सजाय तोकिएका योगेन्द्र रावललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

रावललाई कीर्तिपुरबाट पक्राउ गरेर कारागार चलान गरिएको सीआईबीले जनाएको छ। २०७७ साल असोज २० गते उपप्राध्यापक चलाउनेमाथि त्रिभुवन विश्वविद्यालय परिसरमै सांघातिक आक्रमण भएको थियो। आक्रमणमा संलग्न ६ जनालाई २ वर्ष कदै सजाय सुनाइएको थियो ।

प्रकाशित: ११ चैत २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast