आईपीएल २०२५ : बन्यो आईपीएल इतिहासको दोस्रो ठूलो स्कोर

हिमाल प्रेस १० चैत २०८१ १९:०४
64
SHARES
आईपीएल २०२५ : बन्यो आईपीएल इतिहासको दोस्रो ठूलो स्कोर तस्बिर : क्रिक इन्फो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो म्याचमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्ससामु २८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हैदराबादको राजीव गान्धी इन्टरनेसनल स्टेडियममा जारी खेलमा राजस्थान रोयल्सले टस जितेर हैदराबादलाई ब्याटिङका लागि निम्तो दिएको थियो।

हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रनको योगफल तयार पार्‍यो। हैदराबादका लागि ईशान किसनले ४७ बलमा अविजित १०६ रन बनाए। उनले ११ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै ट्रैविस हेडले ३१ बलमा ६७, हेनरिक क्लासेनले १४ बलमा ३४ र नीतिशकुमार रेड्डीले १५ बलमा ३० रन जोडे।

राजस्थानका लागि तुषार पाण्डेले सर्वाधिक तीन विकेट लिए।

यो म्याचमा २८६ रनको योगफल खडा गरेर सनराइजर्स हैदराबादले आईपीएल इतिहासको अहिलेसम्मकै दोस्रो ठूलो स्कोर बनाएको छ। यद्यपि आईपीएलमा सबैभन्दा धेरै रन बनाएको कीर्तिमान पनि सनराईजर्स हैदराबादकै नाममा रहेको छ।

पछिल्लो संस्करणमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरविरूद्ध तीन विकेटको क्षतिमा २८७ रन बनाएको थियो। यो आईपीएलको सबैभन्दा ठूलो स्कोर हो। आईपीएलमा सबैभन्दा धेरै रनको आफ्नो कीर्तिमान तोड्न हैदराबाद दुई रनले चुकेको छ।

प्रकाशित: १० चैत २०८१ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast