कुनै पनि हालतमा राजतन्त्र फर्कँदैन : महासचिव पोखरेल

हिमाल प्रेस १० चैत २०८१ १८:२८
12
SHARES
कुनै पनि हालतमा राजतन्त्र फर्कँदैन : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रम फैलाउनेहरुलाई नियन्त्रण गर्न आमसञ्चार माध्यमले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले पुनः लोकतन्त्र मासिए सबैभन्दा बढी प्रहार र दुःख सञ्चारमाध्यमले भोग्नुपर्ने बताउँदै तथ्यमा आधारित भएर समाचार सम्प्रेष्ण गर्न आग्रह गरे। उनले सामाजिक सञ्जालमा भइरहेका प्रविधिको दुरुपयोग नियन्त्रणमा आउने उल्लेख गरे।

उनले कुनै पनि हालतमा राजतन्त्र ब्यँुत्याउन सम्भव नभएको स्पष्ट पार्दै गणतान्त्रिक सोँच भएका जनताले कदापी नस्विकार्ने बताए। महासचिव पोखरेलले पछिल्लो समय जनतामा देखिएको निराशा अन्त्य गर्न छलफल गरिनुपर्ने धारणा राखे।

राजनैतिक स्थिरताका लागि दुई ठुला दल मिलेको बताउँदै राजनैतिक स्थायित्वका लागि राजनैतिक स्थिरता आवश्यक भएको र राजनैतिक स्थिरताका लागि राजनैतिक धु्रवीरण आवश्यक रहेको उनले बताए।

तीन दिन सम्म आयोजना हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। महाधिवेशनमा करिब ९ सय प्रतिनिधिहरु सहभागि भएको आयोजकले जनाएको छ।

प्रकाशित: १० चैत २०८१ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast