साउदी जाने कामदारलाई खोप अनिवार्य, मनपरी रकम असुल्दै मेडिकल सेन्टर

रमेश भारती १० चैत २०८१ १९:१४
146
SHARES
साउदी जाने कामदारलाई खोप अनिवार्य, मनपरी रकम असुल्दै मेडिकल सेन्टर

काठमाडौँ- वैदेशिक रोजगारीमा साउदी अरब जाने नेपाली कामदारलाई (मेनिन्गोकोकल) पोलियो भाइरसविरुद्वको खोप अनिवार्य गरिएको छ। मेनिन्गोकोकल खोप गत १० फेब्रुअरीदेखि अनिवार्य गरेर गल्फ एप्रुबल मेडिकल सेन्टर (गाम्का) ले लगाउन थालेको हो।

नेपाली निजी विमान कम्पनी हिमालयन एयरलाइन्सले गत साता एक सूचना जारी गर्दै साउदी नागरिक र आवासीय भिसावाहकलाई पोलियो भाइरसविरुद्धको खोप अनिवार्य गरिएको जनाएको छ। साउदी जाने नेपाली कामदारले मेनिन्गोकोकल खोप अनिवार्य लगाउनुपर्ने सूचनामा उल्लेख छ। वैदेशिक रोजगार व्यवसायीहरूले  एयरलाइन्सको सूचनापछि मात्र मेनिन्गोकोकल खोप अनिवार्य गरिएको थाहा पाएको बताएका छन्।

साउदी अरेबियाले हजका लागि आफ्नो देश प्रवेश गर्दा मेनिन्गोकोकल संक्रमणविरुद्व खोप अनिवार्य गरेको थियो। साउदी अरेबियाले आफ्नो देश प्रवेश गर्ने विदेशी नागरिकले मेनिन्गोकोकल खोप अनिवार्य गरेको गाम्काअन्तर्गतका मेडिकल सेन्टरहरूले बताउँदै आएका छन्।

वैदेशिक रोजगार व्यवसायीहरूले भने गाम्काको सेटिङमा मेनिन्गोकोकल खोप अनिवार्य गरिएको दाबी गरेका छन्। वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष डिकबहादुर खत्रीले  सेटिङ मिलाएर वैदेशिक रोजगारीमा जाने कामदारका हकमा खोप लगाउन थालिएको बताए।

मेनिन्गोकोकल संक्रमणविरुद्धको खोपलाई नेपाल सरकारले अनुमति दिएको छैन। अनुमति नदिए पनि गाम्काअन्तर्गतका मेडिकल सेन्टरले अनिवार्य गरेको खत्रीको आरोप छ। ‘रोजगारीका लागि साउदी जाने नेपाली कामदारलाई मेनिन्गोकोकल खोप लगाउँदा गाम्काका मेडिकल सेन्टरले कामदारसँग मनपरी पैसा असुली गरिरहेका छन्। यस विषयमा श्रम र स्वास्थ्य मन्त्रालयले बेखबर छन्’, उनले भने।

गाम्काअन्तर्गतका मेडिकलहरुले साधारण अवस्थामा १ डोजको ३ हजार ५ सय मा पाइने मेनिन्गोकोकल खोप लगाउँदा कामदारसँग ९ हजारसम्म लिएको खत्रीको दाबी छ। यस विषयमा सम्बन्धित मन्त्रालयलाई जानकारी गराए पनि वास्ता नगरेको खत्रीले बताए।

गाम्काअन्तर्गतको अकुवा मेडिकल सेन्टरका सञ्चालक सहिद खानले मेनिन्गोकोकल खोपलाई नेपाल सरकारले मान्यता भने नदिएको  बताए।  साउदी सरकारले त्यहाँ जाने विदेशी नागरिकका हकमा मेनिन्गोकोकल खोप अनिवार्य गरेको उनको भनाइ छ।

सरकारी अधिकारी भने यसबारे केही जानकारी नभएको बताउँछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता मेघनाथ रिमालले साउदी अरेबिया जाने कामदारलाई मेनिन्गोकोकल नामको खोप पनि अनिवार्य गरेको विषयमा आफूलाई जानकारी नभएको बताए।

स्वास्थ्य मन्त्रालयले पनि बेखबर छ। स्वास्थ्य विभागका प्रवक्ता डा.मोहनप्रसाद कोइरलाले  मेनिन्गोकोकल अनिवार्य गरिएको विषयमा जानकारी नभएको बताए। साउदी मासिक २० हजारभन्दा बढी नेपाली कामदार रोजगारीमा गइरहेका छन्। साउदी जाने गाम्कामा आबद्ध विभिन्न १२ मेडिकलले स्वास्थ्य परीक्षण गर्दै आएका छन्।

पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। जसका कारण साउदी सरकारले अनिवार्य गरेको गाम्काले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast