पाकिस्तानी दूतावासले मनायो ८५ औँ राष्ट्रिय दिवस

हिमाल प्रेस १० चैत २०८१ १६:३६
8
SHARES
पाकिस्तानी दूतावासले मनायो ८५ औँ राष्ट्रिय दिवस

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तान राजदूतावासले पाकिस्तानको ८५ औँ राष्ट्रिय दिवस मनाएको छ। यस अवसरमा दूतावासले झण्डोत्तोलन कार्यक्रमको आयोजना गरेको हो।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले पाकिस्तानको झण्डा फहराएका थिए। त्यस्तै यस अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश वाचन गरिएको थियो।

आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले एकता, विश्वास र अनुशासनका सिद्धान्तहरूलाई आत्मसात गरेर अर्थतन्त्रलाई सुदृढ गर्न, कृषि प्रवद्र्धन गर्न, ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सकिने बताएका छन्।

पाकिस्तानले शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय स्थायित्व र विश्वभर मजबुत सम्बन्ध खोज्दै आफ्नो सार्वभौमिकताको रक्षा गर्ने अठोट लिएको उनले उल्लेख गरेका छन्।

राष्ट्रपति जर्दारीले जम्मु–कश्मीर र प्यालेस्टाइनका जनतासँग उनीहरूको आत्मनिर्णयको संघर्षमा दृढताका साथ उभिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले पाकिस्तान निर्माणमा अग्रजहरूले खेलेका भूमिकाको स्मरण गर्दै १९४० को लाहोर प्रस्तावमार्फत साकार भएको बताए। सशस्त्र सेना र सुरक्षाकर्मीहरूले राष्ट्रको सार्वभौमिकता बचाउन ठूलो वीरता देखाएको उनले उल्लेख गरेका छन्।

पाकिस्तानका विदेशमन्त्री मोहम्मद इस्हाक डारले आफ्नो सन्देशमा कश्मीरी नागरिकको संघर्ष र बलिदानलाई सम्मान गरेका छन्। उनले भारत अधिनस्थ जम्मु–कश्मीरका उत्पीडित जनताले आत्मनिर्णयको अधिकार प्राप्त नगरेसम्म तिनीहरूलाई राजनीतिक, नैतिक र कूटनीतिक समर्थन प्रदान गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित: १० चैत २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast