
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्न लायक नभएको टिप्पणी गरेका छन्।
उनले आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको कार्यक्रममा बोल्दै शाहलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्नसमेत सुझाव दिए।
देउवाले भने, ‘यदि ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोल्नुपर्छ र यसमा लाग्नेले पनि दुःख पाउनेछन्। राप्रपाका नेताकार्यकर्ताले पनि पछुताउने छन्।’
देउवाले राजसंस्था फर्कन सम्भव नभएको भन्दै गणतन्त्रको रक्षामा एकताबद्ध भएर लाग्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिएका छन्। उनले राप्रपा र शाहको वर्तमान राजनीतिमा टिप्पणी गर्दै भने, ‘राप्रपाले शाहलाई बोकेर हिँड्नाले उनीहरूलाई पनि भविष्यमा समस्या हुनेछ।’