स्ववियु चुनावबारे अनेरास्ववियुले भन्यो : क्रान्तिकारीले भ्रम फैलाएर धेरै जितेको दाबी गर्‍यो

हिमाल प्रेस १० चैत २०८१ ९:०५
98
SHARES
स्ववियु चुनावबारे अनेरास्ववियुले भन्यो : क्रान्तिकारीले भ्रम फैलाएर धेरै जितेको दाबी गर्‍यो एमाले निकट अनेरास्ववियुका सचिव एवं प्रवक्ता प्रकाश पौडेल।

काठमाडौँ- गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना अन्तिम अवस्थामा पुगेको छ। मत परिणाम आउने क्रम जारी रहँदा ठूला संगठन जित्ने प्रतिस्पर्धामा छन्।

हालसम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियुले सयको आँकडा पूरा गरेको दाबी गरेका छन्। नेविसंघले १०३ र अनेरास्ववियुले १०२ स्थानमा स्ववियु सभापति जितेको बताएका छन्। यता तेस्रो स्थानमा रहेको अखिल क्रान्तिकारीको मत परिणाम बढेको चर्चा छ।

अघिल्लो निर्वाचनभन्दा यसपटक संगठनको साख बढेको उनीहरूको दाबी छ। तर, अनेरास्ववियुले भने क्रान्तिकारीले ‘फेक रिर्पोट’ पेस गरेको आरोप लगाएको छ। अनेरास्ववियुका प्रवक्ता एवं सचिव प्रकाश पौडेलले क्रान्तिकारीले जित्नै नजितेको स्थान र चुनाव नभएको स्थानमा पनि जितेको आरोप लगाएका छन्।

‘२० स्थानभन्दा बढी क्रान्तिकारीको फेक देखिएको छ,’ हिमाल प्रेससँग कुराकानी गर्दै पौडेलले भने,‘क्रान्तिकारीको मत बढेको छ म मान्छु तर यतिधेरै बढेको होइन।’ पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आंगिकबाहेकका क्याम्पसको तथ्यांक नराखेका कारण पनि ‘फेक डाटा’ आएको बताएका छन्। ‘त्रिविले सम्बन्धन प्राप्त क्याम्पसको डाटा नराख्दो रहेछ। यसको फाइदा अर्को संगठनले चलाएको छ।’ पौडेल भन्छन्,‘त्रिविलाई डाटा राखेर विधि स्थापना गर्न पनि जोडदार माग गर्दछु।’

आफ्नो संगठनले जितेको मत केही दिनमै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उनको भनाइ छ।

सार्वजनिक गर्‍यो आफूले जितेको स्थान

प्रकाशित: १० चैत २०८१ ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast