पहिलो खेलमै चम्किए विराट कोहली, कोलकाताको हार

हिमाल प्रेस १० चैत २०८१ ६:५२
8
SHARES
पहिलो खेलमै चम्किए विराट कोहली, कोलकाताको हार

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई हराएको छ।

शनिबार कोलकाताको इडन गार्डेन मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो। टस जितेर बलिङ गर्ने निर्णय गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई कोलकाता नाइट राइडर्सले पहिले ब्याटिङ गर्दै १७५ रनको लक्ष्य दिएको थियो।

रोयल च्यालेन्जर्स बैंगलोरका लागि फिल साल्टले ३१ बलमा ५६ रन, विराट कोहलीले ३६ बलमा ५९ रन र कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए। रोयल च्यालेन्जर्स बैंगलोरले १६।२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य हासिल गर्‍यो।

यसअघि कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणेले ब्याटिङ गर्न आएर शानदार अर्धशतक बनाए। उनले ५६ रनको उत्कृष्ट इनिङ खेले। सुनील नारिनले २६ बलमा ४४ रन बनाए।

बलिङ गर्दा रोयल च्यालेन्जर्स बैंगलोरका लागि क्रुणाल पाण्ड्याले ३ विकेट लिए।

प्रकाशित: १० चैत २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast