भ्रष्टाचारको नायकलाई क्यानको महानिर्देशक बनाउने काम भएको छ : पूर्वप्रधानमन्त्री खनाल

हिमाल प्रेस ९ चैत २०८१ २०:२३
64
SHARES
भ्रष्टाचारको नायकलाई क्यानको महानिर्देशक बनाउने काम भएको छ : पूर्वप्रधानमन्त्री खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचारको नायकलाई नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को महानिर्देशक बनाउने काम भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पार्टी सरकारमा गएका बेला क्यानको महानिर्देशकमा भ्रष्टाचारको नायकलाई नियुक्त गर्ने काम भएको बताएका हुन्।

उनले महानिर्देशकले कस्तो काम गरेको छ भन्ने छानविन गर्नुपर्ने जिकिर गरे। भ्रष्ट व्यक्तिलाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने सिफारिसकर्ताको अनुहार पनि अव बाहिर आउने उनले बताए।

यसअघि सार्वजनिक लेखा समिति बैठकमा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले झलनाथ खनालको दबाबमा आफूले क्यानको महानिर्देशक नियुक्त गरेको आरोप लगाएका थिए। सम्मानीत नेता खनालले आफूले पार्टी सदस्यता लिएपछि देशमा कुनै गलत काम नगरेको स्पष्ट पारे।

उनले कम्युनिष्ट पनि हुँ भन्ने र कमिशनमा मुख गाड्ने कुरा सुहाउँदो नभएको उल्लेख गरे। महानिर्देशक नियुक्त गर्दा सिनियर र योग्यको ख्याल नगरि तत्कालिन मन्त्री र प्रधानमन्त्रीको हितमा काम गर्नेलाई नियुक्त गरिएको उनले बताए।

खनालले पार्टीको महाधिवेशन भएको लामो समय भइसक्दा पनि नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई प्रकाशन नगरिएको भन्दै आपत्ति जनाए। उनले नेताहरुले गरेको कमजोरीका कारण प्रतिगमनकारीहरु सक्रिय भएको जिकिर गरे।

यस्तै अवस्था जारी भए ज्ञानेन्द्र शाह आएर नारायणहिटी बस्दैनन् भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ छ। खनालले प्रतिगमनलाई रोक्ने हो भने देशलाई आमूल परिवर्तन गर्ने कार्यक्रम र पहलकदमी आवश्यक रहेको बताए।

प्रकाशित: ९ चैत २०८१ २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast