‘गुणस्तरीय चलचित्र निर्माण गर्‍यौँ भने, चलचित्र चलेन भन्ने दिन रहँदैन’

हिमाल प्रेस ९ चैत २०८१ १६:५७
6
SHARES
‘गुणस्तरीय चलचित्र निर्माण गर्‍यौँ भने, चलचित्र चलेन भन्ने दिन रहँदैन’

काठमाडौँ – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सके विदेशीभन्दा स्वदेशी चलचित्र चल्ने बताएका छन्।

शनिबार ८ औँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले चलचित्रले भौतिक र अभौतिक सुन्दरता बोक्ने बताउँदै चलचित्र उधोग त्यसतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘चलचित्र बनाउने विषय निर्माताको विषयमात्रै होइन। एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक र कलाकारसहित समग्र मुलुकले फाइदा लिन सक्छन्। आसाको सञ्चार गर्नका निम्ति पनि चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ।’

उनले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहर रहेको उल्लेख गर्दै त्यसलाई समेटेर चलचित्र उधोगीहरू अघिबढ्न सकेको अवस्थामा नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए।

मन्त्री पाण्डेले चलचित्रकर्मीहरू साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापीकरणको रूपमा सोच राख्नुपर्ने बताए। स्वदेशमा लगानी गर्न आउने उधोगीहरूलाई सहज वातावरण गर्नुपर्ने उनको भनाइ छ।

चलचित्र र अरू वस्तुहरू अरूले उपयोग गर्ने भएकाले त्यसको सहकार्य विश्व जगतसँग गर्न सक्ने खुला सोच राख्नु पर्नेमा उनले जोड दिए।

मन्त्री पाण्डे चलचित्रबाट देशभक्तिको गाथा उजागर गर्ने गरी राज्यले समेत सोच्नु पर्ने बताए। उनले निरासा र नकारात्मकको भाष्य नभई मुलुक बन्छ भन्ने भाष्यसहित चलिचित्र क्षेत्र अघि बढ्नु पर्नेमा जोड दिए। राष्ट्रिय एकता, सहिष्णुता, धार्मिक एकतासहितको सन्देश समेत चलचित्रले दिनुपर्ने मन्त्री पाण्डेले बताए।

प्रकाशित: ९ चैत २०८१ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast