संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरूरी छ : सभामुख

हिमाल प्रेस ९ चैत २०८१ १४:४४
8
SHARES
संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरूरी छ : सभामुख फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित संघीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल विषयक छलफल कार्यक्रममा सभामुख घिमिरेले संघीयताको मर्मअनुसार तीनै तहलाई क्रियाशिल बनाउँदै समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने जरुरी रहेको बताएका हुन्।

उनले योजना तर्जुमा र बजेट वितरण संघमा सीमित रहनु संघीयताको मर्म नभएको उल्लेख गरे। संरचनात्मक व्यवस्थापनमा मात्र ध्यान नदिइ नीति निर्माण, स्रोत परिचालन र जवाफदेहीताको संयोजनका साथ संघीयता सुदृढ बनाउनुपर्ने उनले बताए।

सभामुख घिमिरेले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि प्रदेश तथा स्थानीय तहहरु शासन प्रणालीका मेदण्ड हुन् भन्ने कुरामा कुनै प्रश्न नरहेको जिकिर गरे।

उनले संघीयताका सवलीकरणका लागि नीतिगत क्षेत्रमा धेरै काम भए पनि कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको धारणा राखे।

उनले निजामती सेवा ऐनको अभावले संघीयता कमजोर बनाएको गुनासो आएको भन्दै यसमा आफ्नो ध्यान गएको बताए। संसदमा छलफलको क्रममा रहेको निजामतीसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक शिघ्र टुंग्याउने प्रयासमा रहेको उनको भनाइ छ।

प्रकाशित: ९ चैत २०८१ १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast