
काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकी छनोटमा साविक विजेता अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराएको छ।
अर्जेन्टिनाको जितमा थिअगो अल्मडाले विजयी गोल गरे। उनले जुलियन अल्भारेजको पासमा करिब २० यार्ड टाढाबाट अप्रत्यासित गोल गरेका थिए ।
खेलको अन्तिममा भने अर्जेन्टिना १० खेलाडीमा सीमित भयो । निको गोन्जालेजले विपक्षी खेलाडीलाई खराब ट्याकल गरेपछि सिधै रातो कार्ड सामना गरे ।
यो जितपछि अर्जेन्टिनाले उत्तर अमेरिकी छनोटमा ६ अंकको अग्रता बनाएको छ। १३ मध्ये ९ खेल जितेको अर्जेन्टिनाको २८ अंक छ । दोस्रो स्थानको इक्वेडरको २२ अंक रहँदा पराजित उरुग्वे २० अंकसहित चौथो स्थानमा छ । यो हारसँगै उरुग्वेले दोस्रो स्थानमा उक्लने अवसर गुमायो ।
प्रकाशित: ९ चैत २०८१ १०:३३
प्रतिक्रिया