झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 

हिमाल प्रेस ९ चैत २०८१ ७:४२
14
SHARES
झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 
काठमाडौँ- काठमाडौँ- झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले करिब १६ सय ३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकामा धनकुटाको सहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माईजोगमाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेको सशस्त्र प्रहरीका डीएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय र नं २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको हो।
प्रकाशित: ९ चैत २०८१ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast