
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिंगापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् ।
‘बधाई नेपाली नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ,’ प्रधानमन्त्रीले लेखेका छन्। शुक्रबार सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजित गरेको थियो ।
प्रकाशित: ९ चैत २०८१ ६:४६
प्रतिक्रिया