‘भाइरल गोर्खे’को टिजर सार्वजनिक

हिमाल प्रेस ८ चैत २०८१ १८:५४
14
SHARES
‘भाइरल गोर्खे’को टिजर सार्वजनिक

काठमाडौँ- आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरमा सिनेमाको कथावस्तुबारे प्रकाश पारिएको छ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ। भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमाको सार्वजनिक टिजरमा देखाइएको छ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ। विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सहनिर्माता भुवन अधिकारी र निखिल पौडेल हुन्।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो।

प्रकाशित: ८ चैत २०८१ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast