२०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड

हिमाल प्रेस ८ चैत २०८१ १६:०७
10
SHARES
२०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

वीरगञ्ज – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।

प्रेस सेन्टर पर्साले वीरगञ्जमा शुक्रबार आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ का क्रममा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न। म जनतासँगै रहन्छु। जनताका समस्या सदनमा उठाउँछु।’

पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्को भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गरे। ‘हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,’ उनले भने।

उनले पत्रकार सम्मेलनअघि वीरगञ्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताए।

फरक प्रसंगमा प्रचण्डले वीरगञ्जको मुख्य सडक छेउमा बसोबास गर्ने जनतालाई विस्थापित गर्न नहुने धारणा राखे।

‘वीरगञ्जमा बाइपासलगायत ठूला संरचनाका सडक तयार भइसकेका छन्। तर जनतालाई विस्थापित गर्ने गरी सडक विस्तार अभियान अघि बढाउन हुँदैन,’ उनले भने।

प्रकाशित: ८ चैत २०८१ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast