नाउपाको केन्द्रीय समिति बैठक जारी, जनमतसँग एकताका लागि औपचारिक निर्णय हुने

हिमाल प्रेस ८ चैत २०८१ १५:२३
24
SHARES
नाउपाको केन्द्रीय समिति बैठक जारी, जनमतसँग एकताका लागि औपचारिक निर्णय हुने नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरुलाई औपचारिक रुपमा जानकारी गराउँदै सुझाव लिइने पार्टी वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताए। उनले केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुने र यसमा कुनै आशंका नरहेको धारणा राखे।

बैठकमा सबै केन्द्रीय सदस्यहरु, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरु, प्रथम महाधिवेशनबाट निर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरु, संस्थापक केन्द्रीय सदस्यहरु समेत उपस्थित छन्।

प्रकाशित: ८ चैत २०८१ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast