
काठमाडौँ- चैतको दोस्रो शनिबार उपत्यका नाटक र फिल्म फेस्टिभलमय भएको छ। निफ, निटफेस्ट, कविता महाेत्सव, सांगीतिक साँझलगायत नेपाली, हिन्दी र अंग्रेजी गरी एक दर्जनजति फिल्म हलमा प्रदर्शन भइरहेकाे छ।
केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुका लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
हेराैं याे साता कहाँ केके हुँदैछ?
डालो रेष्टुरेन्टमा विश्व कविता महोत्सव
विश्व कविता दिवसको अवसरमा अनामनगरस्थित डालो रेष्टुरेन्टमा विश्व कविता महोत्सव हुँदैछ। बिहान ११ बजे सुरु कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवस प्रमुख अतिथिमा रुपमा उपस्थित हुनेछन्। कार्यक्रममा उपत्यकाका २५ र उपत्यकाबाहिरका ७५ गरी एक सय नेपाली कविले कविता वाचन हुनेछ। कविता दुई चरणमा वाचन गरिनेछ। साथै संगीतकार सन्तोष श्रेष्ठ र बिबी अनुरागीको सांगीतिक प्रस्तुतिपनि रहनेछ। नेपाली कविहरुको उत्सवको रुपमा कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानले आयोजना गरेको हो।
पर्यटन बोर्डमा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)
भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा चैत ७ देखि नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)को आठौं संस्करण चलिरहेको छ। निफको आज तेस्रो दिन। ‘सर्ट फिल्मः किन भएन करियरको खुड्किलो’ शीर्षकमा छलफल हुँदैछ। निर्देशक किरण विकको सहजकर्तामा वक्ताहरु निर्देशक सरिता शाह, रजिला श्रेष्ठ, आशुका अर्याल र आचार्य गोपालले बहस गर्नेछन्। दोस्रो सेसनमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग फिल्मका कुरा’ छलफल हुनेछ। सञ्चारकर्मी निमा काफ्लेको सहजकर्तामा मन्त्री बद्री पाण्डेसँग बहस चल्नेछ।
त्यस्तै, क्युएफएक्स सिनेमाजअन्तर्गत सिभिल मलमा नेपाली र विदेशी छोटो तथा फिचर फिल्म ‘देवी’, ‘रूक्मिनी’, ‘ओसिडी’, ‘बिग’, ‘सनफ्लावर्प गर्ल’, ‘टाइम’, ‘एन्ड द्याट्स फर दिज क्रिसमस’, ‘थ्रिडी ब्वाइ’, ‘रेड ह्याण्ड’ र ‘क्राउलिङ क्रस’ देखाइनेछ। फिल्मको हेर्न शुल्क लाग्नेछ भने सेसन निःशुल्क छ। निफ चैत ११ सम्म चल्नेछ।
मण्डलामा नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)
थापागाउँस्थित मण्डला थिएटरमा चैत ६ देखि नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव(निटफेस्ट) चलिरहेको छ। निटफेस्टको आज चौथो दिन। ‘नेपाली मिडियाको आँगनमा रंगमञ्च’ शीर्षकमा विशेष छलफल हुँदैछ। त्यस्तै इरानी नाटक ‘एन्टिगोन’, जापानी ‘द चार्मिङ जिन्जु ओपेरा’ र इपेनी नाटक ‘अराइभ्ड’ नाटकको दुई/दुई सो हुँदैछ। र बेलुका सांगीतिक साँझ हुँदैछ।
सामाखुसीमा ‘वसन्त-साझँ’
बसुन्धरास्थित क्युएफएक्स सिनेमाजको सिटी स्क्वायर हल सामाखुसीमा फिल्म ‘वसन्त’ का टिमको वसन्त–साँझ हुँदैछ। कार्यक्रम साँझ ५ :३० बजे सुरु हुनेछ। फिल्मको ट्रेलर रिलिजसँगै टिमले सांगीतिक प्रस्तुती पनि दिनेछन्। कार्यक्रममा गायक, अभिनेता तथा फिल्मका निर्देशक प्रकाश सपुत, गायिका शान्ति श्री परियार,प्रीति आलेमगर, गायक देबेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुति दिनेछन्।
हलमा ८ नेपालीसहित तीन विदेशी फिल्म
स्नो ह्वाइट
हलिउड फिल्म ‘स्नो ह्वाइट’ नेपालमा प्रदर्शन भइरहेको छ। मार्क वेबको निर्देशनमा बनेको फिल्म राजकुमारीले सेनासँग मिलेर सौतेनी आमाको क्रूरबाट मुक्त हुन गरेको साहसिक कथा प्रस्तुत गरिएको छ। एडभेन्चर, रोमान्स र फ्यामिली जनरामा बनेको फिल्ममा एन्ड्रोयु बर्नाप, राहेल जेग्लर, गल ग्याडोटलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको १५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म चलिरहेकाे छ।
द्रौपदी
चैत ८ देखि हलमा फिल्म ‘द्रौपदी’ प्रदर्शन भइरहेको छ। ऋषिराज आचार्य निर्देशित फिल्ममा बहुपति प्रथा तोडिनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। महिलाको कथामा बनेको फिल्ममा निर्देशक आचार्य नै मुख्य भूमिकामा छन्। साथै फिल्ममा आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायत कलाकारको अभिनय छ। रवि र आश्विनीले यही फिल्मबाट डेब्यु गरेका हुन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको ५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाज,
११ः५५
चैत ८ देखि नै प्रदर्शनरत फिल्म फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) स्वार्थपन प्रवृति भएका मानिसको कथामा आधारित छ। फिल्मका निर्देशक केशव पाण्डे हुन्। लभ, रोमान्स, धोका र बदलाको केमेस्ट्री देखाइएको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, बुद्धि तामाङ, विशाल पहारी, डेब्यु अभिनेता सागर खनाललगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको ११ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म चलिरहेकाे अन्य हल हुन्।
राजागंज
चैत १ देखि हलमा फिल्म ‘राजागंज प्रदर्शन भइरहेको छ। दीपक रौनियारको निर्देशित फिल्ममा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रित गर्दै बालक अपहरणको कथा प्रस्तुत गरेको छ। त्यही बालक खोज्न प्रहरीले गरेको कार्यलाई फिल्ममा देखाइएको छ। फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल लगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको ५ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘राजागंज’ चलिरहेको अन्य हल हुन्।
अञ्जिला
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो ‘अञ्जिला’। फागुन २९ देखि चलिरहेको फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ। एञ्जिला स्वयःको अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा अन्य कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र भाटभटेनी भक्तपुरमा फिल्मको २५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘अञ्जिला’ चलिरहेको छ।
आउट लः दफा २१९
फिल्म ‘आउट लः दफा २१९’ फागुन २९ देखि हलमा प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्ममा सुशिल श्रेष्ठ मुख्य भूमिकामा छन्। फिल्म विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको १० सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘आउट लः दफा २१९’ प्रदर्शनरत छ।
होस्टेल ३
फागुन २३ देखि हलमा ‘होस्टेल ३’प्रदर्शन भइरहेको छ। होस्टेलकै कथामा बनेको फिल्ममा सबै कलाकार नयाँ छन्। सशान कँडेलको निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ६ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिडिसी सिनेमाज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, फिल्म ‘होस्टेल ३’ चलिरहेका अन्य हल हुन्।
मिकी १७
हलिउड फिल्म ‘मिकी १७’ फागुन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म एडभेञ्चर र ड्रामा जनरामा बनेको छ। बोङ जुन होले निर्देशन गरेको फिल्ममा रोबर्ट प्याटिनसन, टोनी कोलेट, मार्क रफालो, स्टीवन युन, नाओमी अकीथोमस टर्गुजलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत लबिम मलमा फिल्मको सो छ।
लाज शरणम्
फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिजमा फिल्म ‘लाज शरणम्’ को सो छ।
फेरि रेशम फिलिली
निरोज महर्जनको डेब्यु निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ मा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवकको विदेश मोहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल र लबिम मलमा फिल्मको २ सो छ।
बलिउड ‘छावा’
बलिउड फिल्म ‘छावा’ पनि फागुन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा विक्की कौशल र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, दरबार सिनेम्याक्स, बिग मुभिज, सिडिसी सिनेमाजमा फिल्मको सो छ।