सांसद चौधरी भन्छन्- बेरोजगारी र भ्रष्टाचारका कारण जनतामा निराशा

हिमाल प्रेस ८ चैत २०८१ ९:२७
20
SHARES
सांसद चौधरी भन्छन्- बेरोजगारी र भ्रष्टाचारका कारण जनतामा निराशा

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य (सांसद) लालवीर चौधरीले मुलुकमा समान विकासको आवश्यकता र भ्रष्टाचारको अन्त्यका लागि सरकारलाई सचेत गराएका छन्।

रासससँगकाे कुराकानीमा चौधरीले भने, ‘देशको व्यवस्था परिवर्तन भएको छ र केही मात्रामा विकास पनि भएको छ तर यसको गति चाहिएको स्तरमा छैन।’ उनका अनुसार सरकार र शीर्ष नेताहरूले मात्र आफ्नो क्षेत्रको विकासमा ध्यान नदिई समग्र देशको समान विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ।

उनले सांसदहरूको कार्य नीतिनिर्माणको मात्र भएकोले स्थानीय तहलाई बजेट चलाउने अधिकार दिनुपर्ने र विकासका काममा स्थानीय सरकारलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्।

चौधरीका अनुसार, ‘देशको युवा पलायन रोक्नका लागि उद्योग र कलकारखाना खोल्नु अनिवार्य छ।’ यसका लागि सरकारले ऋण लिई उद्योग र कलकारखाना सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले सरकारी अनुदानको पहुँचसम्बन्धी असमानता र तल्लो तहका जनताका समस्याहरूको समाधानमा सरकारको ध्यान आकर्षित गरे।

चौधरीले भ्रष्टाचारलाई देशको समग्र विकासका लागि मुख्य बाधकका रूपमा चित्रित गर्दै, ‘यदि सुशासन कायम गर्न चाहन्छौं भने भ्रष्टाचारमा संलग्न सबैलाई कानूनी कारबाही गर्नुपर्छ,’ भने।

चौधरीको अनुसार देशमा बेरोजगारी र विकासको अभावका कारण जनतामा निराशा बढेको छ र यसलाई सम्बोधन गर्न राजनीतिक दलहरूले जिम्मेवारी लिने समय आएको छ।

प्रकाशित: ८ चैत २०८१ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast