पेप्सोडेन्ट नेपालद्वारा विश्व मौखिक स्वास्थ्य दिवसको अवसरको देशभर कार्यक्रमको आयोजना

हिमाल प्रेस ७ चैत २०८१ १९:५०
पेप्सोडेन्ट नेपालद्वारा विश्व मौखिक स्वास्थ्य दिवसको अवसरको देशभर कार्यक्रमको आयोजना

काठमाडौँ- पेप्सोडेन्ट नेपालले विश्व मौखिक दिवस २०२५ को अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ। यस अवसरमा पेप्सोडेन्टले विभिन्न प्रभावकारी कार्यक्रम तथा डिजिटल अभियान सञ्चालन गरेको हो।

यी कार्यक्रमहरूको माध्यमबाट देशभर विभिन्न समुदाय र वर्गहरूमा दन्त स्वास्थ्यसम्बन्धी चेतना बढ्ने कम्पनीले विश्वास लिएको छ।

पेप्सोडेन्ट नेपालले डेन्टल स्टुडेन्ट्स सोसाइटी नेपाल (डीएसएन) सँगको सहकार्यमा गुहेश्वरी मावि सिनामंगल, बीआइए इन्स्टिच्युट जोरपाटी र चितवन मेडिकल कलेजमा मुखको स्वास्थ्यका लागि सचेतना कार्यक्रम र निःशुल्क दन्त शिविर सञ्चालन गरेको हो।

त्यस्तै बिहीबार विश्व मौखिक दिवसका दिन डीएसएसएन र नेपाल डेन्टल एसोसिएसनसँगको सहकार्यमा बसन्तपुरबाट नक्सालसम्म २५० दन्त चिकित्सक र विद्यार्थीहरूको सहभागितामा ‘रन फर ओरल हेल्थ’ म्याराथन आयोजना गरिएको छ।

यसका साथै यो सहकार्यले ‘स्माइल गार्जियन प्रोजेक्ट’ मा पनि योगदान गर्ने कम्पनीले विश्वास लिएको छ। यो कार्यक्रमअन्तर्गत नेपालका अनाथ आश्रममा रहेका एक हजार पाँच सय अनाथ र विपन्न बालबालिकालाई दन्त उपचार प्रदान गरिने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार पेप्सोडेन्ट नेपालले डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपाल (डीएस्एचएएन) सँग मिलेर एक हजार ८ यभन्दा बढी ट्राफिक प्रहरीलाई निःशुल्क दन्त जाँच प्रदान गरेको छ।

यस अवसरमा पोखरामा ‘तेस्रो अन्तर्राष्ट्रिय ओरल हेल्थ समिटि २०२५’ आयोजना गरेको छ। कम्पनीले विभिन्न प्रदेशका दुर्गम क्षेत्रहरूमा रहेका मुसहर, राउटे र चेपाङ जस्ता विपन्न आदिवासी समुदायलाई निःशुल्क दन्त परीक्षणका साथै दन्त स्वास्थ्य किट पनि वितरण गरेको छ।

गत वर्ष जस्तै यस वर्ष पनि ‘ब्रस एण्ड गु्रभ’ डिजिटल अभियानलाई निरन्तरता दिइएको पेप्सोडेन्ट नेपालले जनाएको छ।

प्रकाशित: ७ चैत २०८१ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast