प्रधानमन्त्री कप क्रिकेट : पुलिसको सातौँ जित, कर्णालीसँग लुम्बिनी परािजत

हिमाल प्रेस ७ चैत २०८१ १७:३२
14
SHARES
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको सातौँ जित, कर्णालीसँग लुम्बिनी परािजत

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौँ जित निकालेको छ।

बुधबार रुपन्देहीको एक्स्ट्राटेक क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्दै पुलिस क्लबले लगातार सातौँ जित निकालेको हो।

जितँंगै पुलिस तालिकाको शीर्ष स्थानमा कायमै छ। खेलमा पुलिसले दिएको २९८ रनको लक्ष्य पछ्याएको बागमती ४५ दशमलव २ ओभरमा २ सय ४ रनमा समेटियो। बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोडे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन जोडे।

त्यस्तै प्रतियोगिताअन्तर्गत रुपन्देहीकै सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदशेलाई पाँच रनले पराजित ग¥यो। कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९ दशमलव ४ ओभरमा २ सय रनमा समेटियो।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८ दशमलव ५ ओभरमा २ सय ५ रन बनाएको थियो। कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे।

प्रकाशित: ७ चैत २०८१ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast