क्रिकेट चहल र धनश्रीको सम्बन्धविच्छेदलाई अदालतले दियो मन्जुरी

हिमाल प्रेस ७ चैत २०८१ १७:२०
20
SHARES
क्रिकेट चहल र धनश्रीको सम्बन्धविच्छेदलाई अदालतले दियो मन्जुरी

काठमाडौँ- भारतीय क्रिकेट युजवेन्द्र चहल र धनश्रीको सम्बन्धविच्छेदलाई अदालतले मान्यता दिएको छ। मुम्बईको पारिवारिक अदालतले चहल र धनश्रीको सम्बन्धविच्छेदलाई मान्यता दिएको हो।

चहलका कानुन व्यवसायी नितिनकुमार गुप्तालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले दुवै जनाबीचको सम्बन्धविच्छेदलाई अदालतले कानुनी मान्यता दिएको जनाएको छ।

गुप्ताले भने,‘अदालतले सम्बन्धविच्छेदलाई मान्यता दिएको छ। अदालतले दुवै पक्षको संयुक्त निवेदनलाई स्वीकार गर्दे यो फैसला सुनाएको हो। अब उहाँहरू श्रीमान–श्रीमती रहनु भएन।’

सम्बन्धविच्छेदको सम्झौताअनुसार चहलले धनश्रीलाई चार करोड ७५ लाख भारतीय रूपैयाँ दिनुपर्ने हुन्छ। यो रकम उनले दुई किस्तामा धनश्रीलाई चुक्ता गर्नुपर्ने छ।

क्रिकेटर चहल र धनश्रीको विहे डिसेम्बर २०२० मा भएको थियो। तर, जुन २०२२ देखि उनीहरू अलग भएका थिए।

चहल र धनश्रीले ५ फेब्रुअरीमा आपसी समझदारीमा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका थिए।

प्रकाशित: ७ चैत २०८१ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast