
काठमाडौँ- विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरु भएको छ। यस विधेयकलाई अविलम्ब ऐनको रुप दिन सरकारसँग माग राख्दै शिक्षकहरूको आन्दोलन जारी रहेको छ।
मंगलबारबाट प्रारम्भ भएको दफावार छलफलमा सातवटै प्रदेशका सुझाव र सरोकारवालाबाट आएका प्रतिक्रियाहरूसँगै सांसदद्वारा प्रस्तुत संशोधन प्रस्तावहरूलाई एकीकृत गर्दै छलफल चलाइएको हो।
विद्यालय शिक्षा विधेयक- २०८० भदौ २७ मा दर्ता गरिएको थियो र यसमा १,७५८ बुँदामा संशोधन परेको छ। संसदीय समितिमा विधेयकबारे भएको छलफलको क्रमम प्रदेशका शिक्षा अधिकारीहरू र सरोकारवाला प्रतिनिधिहरूद्वारा प्रस्तुत गरेका सुझाव र समायोजनको विषयमा गम्भीरता देखाइएको छ।
विधेयकमा सुधारको प्रक्रिया जस्तै, विद्यालय शिक्षाको एकीकृत संरचना, शिक्षकहरूको कार्यविधि र सुविधामा सुधार र विद्यालय प्रशासनिक प्रणालीको पुँजीकरण जस्ता पहलहरूलाई प्राथमिकता दिइने अपेक्षा छ।
विधेयकले विद्यालय शिक्षा प्रणालीमा समग्र सुधार ल्याउने दाबी गरिएको छ।