
काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि यही मूल्य कायम थियाे। याे मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर छ। बुधबार जस्तै बिहीबार पनि चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: ७ चैत २०८१ ११:१०
प्रतिक्रिया