![तरकारीको मूल्य : सस्तियो गोलभेँडा, आलु र काउलीको मूल्य [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/tarkari-himalpress.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ कायम भएको छ।
बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो २५ रुपैयाँ, मूला रातो प्रतिकिलो ४० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४५ रुपैयाँ तथा भन्टा डल्लो प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ।
यसैगरी, बोडी (तने) २०० रुपैयाँ, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ कायम गरिएको छ।