फेरि सुरु हुँदैछ माओवादीको जागरण अभियान

हिमाल प्रेस ७ चैत २०८१ ७:१५
28
SHARES
फेरि सुरु हुँदैछ माओवादीको जागरण अभियान मन्दिरको आरतीमा सहभागी भएका प्रचण्ड। तस्बिर : सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जागरण अभियान आजदेखि फेरि सुरु हुँदैछ।

फागुन १२ देखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो। बिहीबारदेखि पुनः सुरु हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन्।

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन्। जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ। त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुनेछ।

चितवनमा अभियान सकेर माओवादीका नेताहरू काठमाडौँ फर्किनेछन्।

प्रकाशित: ७ चैत २०८१ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast