प्रतिनिधिसभामा चल्दैछ प्रधानमन्त्रीसँग प्रश्नोत्तर

हिमाल प्रेस ७ चैत २०८१ ७:०६
8
SHARES
प्रतिनिधिसभामा चल्दैछ प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रतिनिधिको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची छ। बिहान ११ बजे बस्ने बोलाइएको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जबाफ दिनेछन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जबाफ दिन लागेका हुन्।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ।

आजको बैठकमा पनि शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन समय छुट्टाइने भएको छ।

प्रकाशित: ७ चैत २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast