इजरायली हवाई आक्रमणबाट गाजामा २५ जनाको मृत्यु

हिमाल प्रेस ६ चैत २०८१ २०:०९
18
SHARES
इजरायली हवाई आक्रमणबाट गाजामा २५ जनाको मृत्यु तस्बिर : सिन्ह्वा

काठमाडौँ– इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताएका छन्। प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन्। सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले घरलाई निशाना बनाएको बताएका छन्।

यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले रातभर उत्तरी गाजामा हमासको सैन्य साइटमा आक्रमण गरेको जनाएको छ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा परिवारहरू फोहोरले भरिएका सडकहरूमा हिँडिरहेका, केहीले गद्दा र घरायसी सामानहरूले भरिएका गाडाहरू धकेलिरहेका र अरूले आफ्ना डराएका बच्चाहरूको हात समातिरहेका देखिएका छन्।

विज्ञप्तिमा बासिन्दाहरूलाई सुरक्षाका लागि पश्चिमी गाजा शहर र खान युनिसका ज्ञात आश्रयस्थलहरूमा तुरुन्तै स्थानान्तरण गर्न आह्वान गरिएको छ।

इजरायली सेनाले मंगलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भंग भएको छ।-रासस/सिन्ह्वा

प्रकाशित: ६ चैत २०८१ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast