ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्‍यो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिरसहितको क्यालेण्डर

हिमाल प्रेस ६ चैत २०८१ १९:४१
ग्लोबल आईएमई बैंकले सार्वजनिक गर्‍यो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिरसहितको क्यालेण्डर

काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडले दशकौँ पुरानो नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिर समावेश गरिएको नयाँ वर्ष २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार एक समारोहबीच नयाँ वर्ष २०८२ को क्यालेण्डर सार्वजनिक गरेका हुन्।

क्यालेण्डरमा दशकौँअघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्बिरहरू समावेश गरिएको छ।

तस्बिरहरूले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरूलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

क्यालेण्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाििजक कार्यहरू गर्दै आएको बताए।

विगतका वर्षहरूमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरू प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने,‘नेपालको सर्वांगीण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ। ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरूलाई निरन्तरता दिँदै आएको छ।’

कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

ग्लोबल आईएमई बैंक मुलुकभर ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ६ चैत २०८१ १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast